National life

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अब कुन ठाउँमा कति मुल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
509Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अब कुन ठाउँमा कति मुल्य ?
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४।५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?