काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेको ट्रम्प भने सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
एजेन्सीका अनुसार ट्रम्पको कानको माथिल्लो भागमा गोली लागेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलको तस्बिरहरूमा ट्रम्पको कानदेखि गालासम्म रगत बगेको देखिन्छ।
उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए।
पेन्सिलभेनियामा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । राष्ट्रपति जो बाइडेनले उक्त घटनाको निन्दा गरेका छन् ।



































