National life

पोखरा महानगरपालिकाले पायो २ अर्ब ७६ करोड वित्तीय अनुदान, सबैभन्दा कम ललितपुरलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ जेठ २०८०, मङ्गलबार
718Shares
पोखरा महानगरपालिकाले पायो २ अर्ब ७६ करोड वित्तीय अनुदान, सबैभन्दा कम ललितपुरलाई
ncell

काठमाडौँ । सरकारले आन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ६ वटा महानगरपालिकालाई कूल १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत राजस्व बाँडफाँड तथा वित्तीय अनुदान शीर्षकमा वित्तीय हस्तान्तरण गरेको हो ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्र अर्थात् संघीय सरकारले प्रदेश र स्थानीय तहहरुलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षका अनुदान उपलब्ध गराउनेगर्छ ।
यस्तो चार शीर्षकमा गरी आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी अनुदान पाउने महानगरपालिका पोखरा बनेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७६करोड ३२ लाख रुपैयाँ पाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाउँदा सबैभन्दा कम ललितपुर महानगरपालिकाले जम्मा १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ पाएको छ ।

अन्य तीन महानगरपालिकाहरुले क्रमशः भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, वीरगञ्ज महानगरपालिकाले १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ पाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?