National life

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ साउन २०८२, आइतबार
1.2kShares
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी बनाइएका बाँकेको कोहलपुर नगरपालिका बस्ने डम्मरबहादुर बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार बुढाथोकीले जग्गा मापदण्ड मिलाउनका लागि मिलेमतोमा खरिदार रतनबहादुर जीसी, हरिचन्द्र पाण्डे, घनश्याम तिवारी र बिचौलिया शान्ति पुनलाई २० हजार रुपैयाँ घुस दिएको पुष्टि भएको छ ।

आयोगले उनीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरेर बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।रतनबहादुर जीसीसमेत प्रतिवादी भएको उक्त मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका बुढाथोकीले विशेष अदालतमा प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?