National life

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश स्वीकृत, प्रधानमन्त्री अनुपस्थित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
367Shares
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश स्वीकृत, प्रधानमन्त्री अनुपस्थित
ncell

काठमाडौँ। प्रतिनिधिसभाको आजको (बुधवार) बैठकबाट सरकारले ल्याएका विभिन्न अध्यादेश स्वीकृत भएका छन्।प्रतिनिधिसभामा पेस गरिएका अध्यादेशहरूमा विपक्षी दलका सांसदहरूको अस्वीकारको बिचमा समेत अध्यादेश स्वीकृत भएका हुन्।

अहिलेसम्म सभामा बहुमतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र निजीकरणसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ।

गत पुसमा सरकारले अध्यादेशहरू ल्याएको थियो।

Royal Enfield
nic asia capital
यो सँगै अब अध्यादेश राष्ट्रियसभामा पनि निर्णयार्थ पेस हुनेछ। सरकारले ल्याएका ६ मध्ये पाँच वटा अध्यादेश स्वीकृतिका लागि बुधवार प्रतिनिधिसभा पेश भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षीय दलका सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप समेत लगाएका थिए ।

एमाले संसदीय दलका नेता समेत रहेका ओलीको निर्देशमा कांग्रेस एमालेका सांसदलाई उपस्थित हुनै पर्ने निर्देशन दिइयो। तर अध्यादेश जारी गर्ने प्रधानमन्त्री ओली भने आफैँ संसदमा उपस्थित भएनन् ।

संसदको कार्यसूचीमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ लाई प्रधानमन्त्री ओलीले नै पेश गर्ने कार्यसूची तय भएको थियो। प्रधानमन्त्री ओली अनुपस्थित भएपछि उनका तर्फबाट सूचना प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरेका हुन् ।

अहिलेसम्म सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ र निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकार गरेको छ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकारका लागि पेश हुने क्रममा छन्।

यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?