National life

बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
1.1kShares
बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक
ncell

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक (आज) बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ ।

‘भिजिट भिसा’ प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?