प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले डा। खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएको हो ।
डा.
खतिवडा पूर्व गभर्नर, योजना आयोगका पूर्व उपाध्यक्ष हुँदै ०७४ सालमा अर्थमन्त्री समेत बनेका थिए ।


































