काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भुमिका प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।
दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको धाराना व्यक्त गर्दै कांग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।
आइतबार प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उनको भनाई छ ।
कांग्रेस नेता महतले संक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनु पर्ने पक्षमा नेपाली कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको धारणा राखेका छन् ।
साथै , महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने धारणा राखेका छन् ।


































