National life

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट,थप ७ वटा नाका खुलाउने प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
804Shares
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट,थप ७ वटा नाका खुलाउने प्रतिबद्धता
ncell

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री दाहालले सदनमा तेस्रोपटक विश्वासको मत लिएको भोलिपल्ट आज चिनियाँ राजदूत सोङ्ले प्रधानमन्त्ती दाहालसँग भेट गरेका हुन् ।

सो भेटमा उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिएकोमा बधाई दिनुको साथै दुई देशबीचको सहकार्यलाई बढावा दिने बताएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै, नेपालमा आगामी बैशाखमा हुने लगानी सम्मेलनमा चीनबाट उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुनेपनि उनले विश्वास दिलाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौंमा चक्रपथको स्तरोन्नतीको लागि द्रुत गतिमा काम गर्नेगरि तयारी थालिएको राजदूतको भनाई थियो । यस्तै, नेपाल र चीनबीच अहिले चार वटामात्रै व्यापारिक नाका सञ्चालनमा आएकोमा छिट्टै थप ७ वटा नाका सञ्चालनमा ल्याउन राजदूतले प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालको विदेश मामिला सल्लाहकार डा. रुपक सापकोटाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?