काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । मङ्गलवार बेइजिङमा उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्गलवार नै यसअघि प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता भएको थियो।
वार्तापछि नेपाल र चीनबिच नौ समझदारी (एमओयू) तथा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
नेपाल र चीनबिच टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र, नौतले वसन्तुपर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल, विकास लगायतका योजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


































