National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
525Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी सम्झौता
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस (एनसीएचल) बीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुक्तानीसम्बन्धी करोबारलाई एनसीएचलमार्फत गर्ने गरी सम्झौता भएको हो।

सम्झौतापछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई एनसीएचलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्ने भएको छ। सम्झौतापत्रमा प्रभर महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र एनसीएचलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौतापश्चात प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछन्।यसअन्तर्गत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचल–आईपीएस र आरपीएस प्रणालीहरूमार्फत आफ्ना प्रिमियम भुक्तानीलगायतका विभिन्न संकलनका कारोबारहरू तथा एजेन्ट कमिशन, तलब, भेन्डरभुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका कारोबार आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन्।

सेवा सुरू भएसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको र भविष्यमा अन्य भुक्तानीहरू पनि क्रमिक रूपमा लागु गर्ने योजना रहेको बताइएको छ।एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआई मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आवद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरू, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थालगायत ११० भन्दा बढी गैर बैंकिङ संस्थाहरू अप्रत्यक्ष ढंगबाट प्राविधिक सदस्यका रूपमा आवद्ध छन्।

एनसीएचलसँगको यस सहकार्यले इन्स्योरेन्सको डिजिटल यात्रामा विशेष सहयोग प्राप्त हुने अपेक्षा लिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?