National life

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा कसरी गरिन्छ कारोबार ? यस कारण छ उपयोगी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
1.4kShares
अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा कसरी गरिन्छ कारोबार ? यस कारण छ उपयोगी
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनी हो नेपाल क्लियरिङ हाउस लिमिटेड । यस कम्पनीको वि.सं. २०६५ साल मंसिर ९ गते स्थापना भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)को समतामूलक सहभागिता रहेको छ ।

सामान्यतया नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकहरूले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फर्छ्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधिलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली भनेर बुझिन्छ ।

अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका ग्राहकहरूको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरू पूर्ण रूपमा सञ्चालन गर्न सक्नेछन् । अर्थात् कम्पनीको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सकिने व्यवस्था गरिएको हुन्छ ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन र तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

कसरी हुन्छ अन्तरबैंक विद्युतीय भुक्तानी ?

यस प्रणालीमा भुक्तानी दिने ग्राहकको निर्देशन वा भुक्तानी लिने ग्राहकको निर्देशनको आधारमा कारोबार गरिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकलाई यस प्रणालीमा आवद्ध रहेको अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खातामा भुक्तानी दिन निर्देशन वा अख्तियारी दिएपछि भुक्तानी दिने ग्राहकको बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत भुक्तानी पाउने ग्राहकको बैंकलाई निर्देशन पठाउँछ ।

भुक्तानी पाउने ग्राहकको बैंकले कारोबार निर्देशन प्राप्त गरेपछि तोकिएको निश्चित समय अन्तरालमा नेपाल राष्ट्र बैंकबाट अन्तिम फर्छ्यौट तथा फरफारखको जानकारी आएपछि ग्राहकको खातामा निर्देशन बमोजिमको रकम जम्मा गर्दछ ।

यसरी भुक्तानी दिने ग्राहकले आफ्नो बैंकलाई दिएको निर्देशनको आधार अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा गरिने कारोबारलाई डाइरेक्ट क्रेडिट कारोबार भनिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकको शाखा वा बैंकले उपलब्ध गराएको अन्य कुनै माध्यमबाट यस्तो निर्देशन दिन सक्दछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?