National life

फरवार्ड माइक्रोफाइनान्सले संस्थापक शेयर लिलाम गर्दै, कतिमा किन्न पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
583Shares
फरवार्ड माइक्रोफाइनान्सले संस्थापक शेयर लिलाम गर्दै, कतिमा किन्न पाइन्छ ?
ncell

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक शेयर लिलाममार्फत बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३८७ रुपैयाँ ३ पैसा तोकेर लिलामीमा राखेको हो । यसमा संस्थापक शेयरधनी, सर्वसाधारण, संगठित संस्था सबैले बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र पेश गर्दा कम्तीमा १ हजार कित्ताका लागि र बढीमा १०० ले निःशेष भाग जाने गरी वा सबै कित्ता माग गर्न सकिनेछ।

Royal Enfield
nic asia capital
यसर्थ कम्तीमा ३ लाख ८७ हजार ३० रुपैयाँ लाग्नेछ।

इच्छुक खरीदकर्ताले आउँदो भदौ १६ गतेभित्र काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा बोलपत्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ।

उक्त शेयरको शेयरधनी साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हो र यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?