काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन मंगलबार तोलामा ६ सय रुपैयाँले बढेकाे हाे ।
छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको थियाे भने तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।
आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





































