काठमाडौं । आज बुधबार सुनकाे मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा १ सय रुपैयाँले बढेकाे हाे ।
छापावाल सुन आज बुधबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भएको थियाे भने तेजावी सुन ताेलामा १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।
आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



































