काठमाडौँ । आज शुक्रवार बिहानैदेखि हुम्लामा सहित देशको केही उच्च भूभागमा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।
हिमपात भएसँगै नेपालगन्ज , सुर्खेतबाट हुने हवाई उडानसमेत प्रभावित भएको छ।
तारा, सीता, समिट एयरलाइन्सको उडान रोकिएका छन्। त्यस्तै, बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ। लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरूमा खुसी छाएको छ।
साथै, बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना रहेको पातिहाल्ने आसपासका क्षेत्रमा समेत उच्च हिमपात भएको छ । लामो समयको खडेरीको कारण भएको हिमपातका कारण त्यहाँ हुँदै आवत जावत गर्ने सवारी र यात्रु मर्कामा परेको त्यहाँबाट तिलक मल्ल ठकुरीले जानकारी दिएका छन् ।
तस्बिरमा हेर्नुहोस्
(तस्बिर तिलक मल्ल ठकुरी)

































