National life

बाढी पहिरोका कारण १ सय ४० सडक खण्डमा यातायात सेवा प्रभावित, यी प्रदेश खतराको सूचिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
762Shares
बाढी पहिरोका कारण १ सय ४० सडक खण्डमा यातायात सेवा प्रभावित, यी प्रदेश खतराको सूचिमा
ncell

काठमाडौँ। पछिल्लो केही दिन यता देशभरमा बाढी पहिरोका कारण १ सय ४० सडक खण्डको यातायात सेवा प्रभावित बनेको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडक खण्ड पूर्णरुपमा तथा १ सय ३० सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

विभागका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल ९मध्य पहाडी० राजमार्गलगायत १ सय १९ सडक खण्डमा एकतर्फी रूपमा यातायात सेवा सञ्चालन भएको छ । डुम्रे–बेशीशहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडक खण्ड पूर्णरुपमा अवरुद्ध छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जल तथा मौसम विज्ञान विभागले आगामी शनिवारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको उच्च जोखिम रहेको जनाएको छ ।

त्यस्तै विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपालको दक्षिण भूभाग÷सिमाना आसपास० रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ ।

देशभर साधरणतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।

भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन् । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?