National life

बालुवा खानी भ्रष्टाचार प्रकरणः पूर्वसिडिओसहित तीन कर्मचारी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
502Shares
बालुवा खानी भ्रष्टाचार प्रकरणः पूर्वसिडिओसहित तीन कर्मचारी पक्राउ
ncell

काठमडौं पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । ठेक्काको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका तीन अवकाशप्राप्त कर्मचारी पक्राउ परेका हुन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमराज जोशी, पूर्वस्थानीय विकास अधिकारी (एलडिओ) महेन्द्रलाल श्रेष्ठ र पशुपति विकास कोषका पूर्वनिर्देशक राजकुमार रेग्मीलाई पक्राउ गरेको हो । जोशी काठमाडौँको स्थानीय विकास अधिकारी छँदा पशुपतिको बालुवामा भ्रष्टाचार हुने गरी भएको निर्णयमा संलग्न थिए ।

टोखा नगरपालिका– ४ स्थित घरबाटै पक्राउ परेका जोशीलाई सर्वोच्चले ६ महिना कैद र दुई लाख ३७ हजार ६६६ रुपैयाँ जरिवाना सुनाएको छ ।

Royal Enfield
nic asia capital
३० माघमा सर्वोच्चले सुनाएको फैसलाअनुसार श्रेष्ठलाई चार वर्ष कैद र ७८ लाख ५३ हजार जरिवाना तथा रेग्मीलाई दुई लाख ३७ हजार ६६६ रुपैयाँ जरिवाना सजाय भएको थियो ।

सर्वोच्चले नौ जनालाई दोषी ठहर गरेकोमा ६ जना अझै फरार छन् । कोषका तत्कालीन दुई सदस्यसचिव, काठमाडौैंका तत्कालीन तीन स्थानीय विकास अधिकारी, कोषका दुई कर्मचारी र दुई ठेकेदारलाई सर्वोच्च अदालतले दोषी ठहरसहित सजाय सुनाएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?