काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका हुन् ।
तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको उनले बताए । नेताहरूलाई लक्षित गर्दै उनले अगाडि भने,'भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौँ '
जेनजीहरुको आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै महानगर प्रमुख शाहले भने,'दोष आफ्नो बालबच्चालाई दिन्छौँ ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन ?


































