National life

बालेनसँग झन्डै ५० हजार मतान्तरले ओली पराजित,ओलीले दिए बालेनलाई शुभकामना

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२३ फागुन २०८२, शनिबार
1.3kShares
बालेनसँग झन्डै ५० हजार मतान्तरले ओली पराजित,ओलीले दिए बालेनलाई शुभकामना
ncell

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।

झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

निर्वाचनमा पराजित भएसंगै एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् ।

आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।

‘बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जितेपछि ओलीले उनलाई तबला उपहार दिएका थिए । आजज सोही तस्वीर फेसबुकमा राख्दै ओलीले बालेनलाइ शुभकामना दिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?