National life

बालेन्द्र साहसँग निकै पछि परे केपी ओली, बालेनको ओलीभन्दा चार गुणा बढी मत

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.8kShares
बालेन्द्र साहसँग निकै पछि परे केपी ओली, बालेनको ओलीभन्दा चार गुणा बढी मत
ncell

काठमाडौँ । झापा–५ मा जारी मतगणनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग निकै पछि परेका छन्। प्रारम्भिक परिणामअनुसार बालेन्द्रले ओलीभन्दा चार गुणा बढी मत पाएका छन्।

हालसम्म ७ हजार ६५१ मत गणना भइसकेको छ, जसमा बालेन्द्र साहले ५ हजार २५४ मत प्राप्त गरेका छन्। ओलीले १ हजार २४८ मत प्राप्त गर्दै पछाडि रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरूले उल्लेख्य मत पाएका छैनन्। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ छन्। तामाङले ३२५ मत पाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार मन्दरा चिमोरियाले १८५ मत प्राप्त गरेकी छन् भने नेकपाका रञ्जित तामाङले १२९ मत र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले ११ मत पाएका छन्। केही उम्मेदवारले अहिलेसम्म मतको खाता खोल्न सकेका छैनन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?