काठमाडौँ । आफ्नै कार्यालय परिसरमा रहेको एउटा क्यान्टिन (चमेना गृह) लाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
काठमाडौँ प्लाजास्थित नारायणी चमेना गृहले बासी पकौडा बेचेको सूचना पाएपछि महानगरको बजार अनुगमन महाशाखाले ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
अनुगमन समितिले उक्त चमेना गृहले बासी पकौडा बेचेको भेट्टाएको थियो। त्यसै गरी खानेकुरा पकाउने तेल कयौँ पटक प्रयोग गरेको भेटिएको पनि महानगरले जनाएको
उक्त चमेना गृहलाई जरिवाना स्वरुपको ५० हजार सात दिनभित्र महानगरको बजार अनुगमन समितिको खातामा जम्मा गराएर भौचर उपलब्ध गराउन महानगरले निर्देशन दिइएको छ।




































