काठमाडौं । नेपाल बीमा प्राधिकरणले वर्षाका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राखेर सार्वजनिक बिदा दिइएको असोज १९ गते र २० गते काम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले कार्य गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
प्राधिकरणले जारि गरिएको सूचनामा भनिएको छ- ‘बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले बीमित तथा ग्राहकको गुनासा तथा समस्या सम्बोधन गर्नका लागि अतिआवश्यक अवस्थामा कार्यालयमा भौतिक उपस्थित भई वा अन्य अवस्थामा घरबाटै कार्य सम्पन्न गर्न सक्ने व्यवस्था मिलाउन सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ’ ।

































