National life

बीमा क्षेत्रलाई निर्देशित गर्ने राष्ट्रिय बीमा नीति २०८० जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
449Shares
बीमा क्षेत्रलाई निर्देशित गर्ने राष्ट्रिय बीमा नीति २०८० जारी
ncell

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको हो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले बीमा क्षेत्रलाई निर्देशित गर्नका लागी बीमा नीति जारी गरिने घोषणा गरेको थियो। बीमा ऐन २०७९ को दफा ५ मा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकार अन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी नेपाल सरकारसमक्ष सिफारिश गर्ने प्रावधान अनुसार प्राधिकरणले नीतिको मस्यौदा तयार पारेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले शुक्रबारको मन्त्री परिषद बैठकबाट राष्ट्रिय बीमा नीति स्वीकृत भएको जानकारी दिए ।

आम नेपाली समक्ष बीमाको दायरा बिस्तार गर्ने र सर्व सुलभ ढंगले बीमाको पहुँच पु¥याउने नीतिको मुख्य उद्देश्य छ। नीतिको कार्यान्वयनको सुपरिवेक्षण अर्थ मन्त्रालयले र कार्यान्वयनको सुनिश्चितता बीमा प्राधिकरणले गर्नेछ। बीमाको पहुँच बिस्तार, बीमामा अनुदान, बीमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोग लगायतका विषयहरू बीमा नीतिमा समेटिएका छन् ।

दीर्घकालीन लक्ष्य, मुख्य उद्देश्य र विशेष उद्देश्य परिभाषित गरिएका छन् । साथै निर्दिष्ट उद्देश्यहरु प्राप्तीका लागि अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा पनि बीमा नीतिमा समावेश गरिएको छ। नीतिमा राष्ट्रिय बीमा नीति कार्यान्वयन गर्नको लागि आवश्यक संस्थागत संरचनाबारे पनि समेटिएको छ।

यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?