काठमाडौँ । बीमा दोकानले बीमा क्षेत्रमै पहिलो पटक क्यासब्याक अफर (Cashback offer) ल्याएको छ । यस योजनामा विभिन्न १८ ओटा घातक रोगहरूको रक्षावरण सॅंगै पोलिसी म्याचुरिटि पछि पनि १०० वर्ष सम्मको मृत्युलाभको सुविधा रहेको छ ।
यस्तै, योजनामा ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा पनि रहेको छ । यस योजनामा सहभागी हुन बीमाकर्ताले वैशाख १ देखि १० गतेभित्रमा आफ्नो नाम दर्ता गरिसक्नुपर्ने बीमा दोकानले जनाएको छ ।
बीमा दोकानका अनुसार ३५ वर्षको व्यक्तिको लागि ५० लाखको जीवन बीमासॅंगै ५ लाखको स्वास्थ्य बीमा मात्र १ लाख ५७ हजार १५८ रुपैयाँमा हुनेछ । यद्यपि यो रकम व्यक्तिको उमेर अनुसार फरक पर्न सक्नेछ ।
नेपाली नयाँ वर्षलाई लक्षित गरेर ल्याइएको यस योजनामा देशभरिबाट ८२ जनाले मात्र पूर्ण लाभ उठाउन सक्ने जनाइएको छ । यस योजना अन्तर्गत ८२ जनाले १ लाख ५७ हजार १५८ रुपैयाँमा जीवन बीमा र स्वास्थ्य बीमा दुवै सेवा प्राप्त गर्न सक्नेछन् । यस्तै पोलिसी जारी भएको मितिले १० दिन भित्र पोलिसी लिने व्यक्तिको बैंक खातामा बीमा किस्ता रकमको १० प्रतिशत हुन आउने रकम फिर्ता पाउनेछन् ।
शर्तअनुसार बीमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नु पर्नेछ भने ३७ दिनभित्र बाँकी रहेको ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नु पर्नेछ।
यस जीवन बीमाका विशेषताहरू :

































