National life

बीमा प्राधिकरणद्वारा चार्डपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
420Shares
बीमा प्राधिकरणद्वारा चार्डपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर सरोकारवालाहरुसँग आदानप्रदान गरेको छ । प्राधिकरणले आफ्नै संघीय कार्यालय कुपण्डोलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिङ्गो बीमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताए । प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८० को शुभ उपलक्ष्यमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष सिलवालले भने, “प्राधिकरण र बीमकहरू एकअर्काका परिपुरक भएकाले सोही अनुसार क्रियाकलापहरू अगाडि बढाउनुप¥यो, बीमकहरूले बजारमा देखिएको अविश्वास हटाउनु प-यो, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुप-यो, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बीमालेखका प्रावधानहरूलाई सामान्यीकरण गर्नुप-यो, बैधरूपमा मुनाफा हुने बाटो खोज्नुप-यो, बीमा बजारमा सकारात्मक परिवर्तन आउने गरी अघि बढ्नुप-यो ।”

अध्यक्ष सिलवालले बीमकहरूले पनि सरकारलाई बीमाका बारेमा बुझाउन र वार्षिक बजेटमा बीमा शीर्षकमा सशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने उल्लेख गर्दै त्यसो भएमा न्यून आय भएका बर्गको बीमा हुनुका साथै गरिवी न्यूनीकरणमा समेत टेवा पुग्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सिङ्गो बीमा व्यवसायलाई स्वच्छ एवम् मर्यादितरूपमा अगाडि बढाउनुपर्ने बताए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमक सङ्घ नेपाल तथा नेपाल बीमक सङ्घका पदाधिकारीहरू र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
420SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?