National life

बीमा प्राधिकरणद्वारा सम्पत्ति बीमा निर्देशिका जारी (निर्देशिकासहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
484Shares
बीमा प्राधिकरणद्वारा सम्पत्ति बीमा निर्देशिका जारी (निर्देशिकासहित)
ncell

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका जारी गरेकाे छ । प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० जारी गरेको हाे ।

प्राधिकरणले निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउन बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरेर सम्पत्ति बीमा निर्देशन बनाएको हो ।

निर्देशिका अनुसार निर्जीवन बीमा कम्पनीले बीमालेख जारी गर्नु अगावै बीमालेख जारी गर्नको लागि आवश्यक सम्पूर्ण विवरण हेरी, जाँच गरेर मात्रै बीमा गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘मोटामोटी’ वा ‘अन्दाजी’ जस्ता भावात्मक शब्द राखी बीमालेख जारी गर्न पाइने छैन ।

त्यस्तै, बीमा कम्पनीले बीमालेखमा बीमा शुल्क गणना गर्दा सम्पत्तिको प्रकारअनुसार बीमाङ्क रकम अलग–अलग खुलाउनुपर्ने छ ।

प्राधिकरणले बीमालेख जारी हुने अवधिमासमेत बीमा कम्पनीलाई कडाई गरेको छ । बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्रै जारी गर्न सकिनेछ ।

हेर्नुहोस् सम्पत्ति बीमा निर्देशिका :

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?