National life

बीमा प्राधिकरणले सर्भेयरको परीक्षा सञ्चालन गर्दै, ३० गतेसम्म रजिष्टर गर्नुपर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
1.3kShares
बीमा प्राधिकरणले सर्भेयरको परीक्षा सञ्चालन गर्दै, ३० गतेसम्म रजिष्टर गर्नुपर्ने
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै सर्भेयरको परीक्षा सञ्चालन गर्ने जानकरी दिएकाे हाे ।

प्राधिकरणका अनुसार बीमा सर्भेयरको परीक्षा असोज २ गते अनलाईन मार्फत बिहान ११ बजेदेखि सञ्चालन गरिने भएको छ ।

साथै प्राधिकरणले प्राधिकरणबाट सर्भेयर तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुको सर्भेरयरको परिक्षाका लागि आवश्यक कागजात संकलन गरी रजिष्टर गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्भेयर परिक्षाका लागि नबिल बैंकको सम्बन्धित खातामा पाँच सय रुपैयाँ दस्तुर जम्मा गरी प्राधिकरणले दिएको आधिकारीक वेबसाईट मार्फत भदौ ३० गतेसम्म रजिष्टर गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै रजिष्टर भएका व्यक्तिहरुको नामावली भदौ ३१ गते सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले नमुना प्रश्नपत्र एक थान प्राधिकरणकाे वेबसाइटमा राखिएकाे जनाएकाे छ । कुनै प्राविधिक समस्या परेमा surveyor.support@nia.gov.npमा इमेल गर्न र ०१५४२१०७९ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएकाे छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?