काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौँ महानगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सविनलाई वनस्थलीबाट हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

































