National life

बोर्डको अर्थलाई जवाफ : नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु पर्दैन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
606Shares
बोर्डको अर्थलाई जवाफ : नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु पर्दैन
ncell

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले सरकारलाई अनुरोध गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोले आवश्यक निर्णय गरिदिने अर्थ मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

२८ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सोही अनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्कट एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको ७ महिनासम्म पनि कुनै निर्णय नभएपछि गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्टक एक्सचेञ्जको लाइसेन्सको विषयमा आवश्यक निर्णय गरिदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?