National life

ब्रोकरमार्फत मार्जिन ट्रेडिङलाई अगाडी बढाउछु :सेबोन अध्यक्ष श्रेष्ठ(भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
1.2kShares
ब्रोकरमार्फत मार्जिन ट्रेडिङलाई अगाडी बढाउछु :सेबोन अध्यक्ष श्रेष्ठ(भिडियो सहित)
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् । काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।

यसका साथै उनले बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न हिचकिचाहट नगर्ने दाबी गरेका छन्। उनले भने, ‘बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न हिचकिचाहट गर्दिन।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै उनले पुँजी बजारमा आएको प्रगतिसँगै चुनौती पनि थपिएको बताउँदै उनले सर्वसाधारण लगानी कर्ताको हितलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै उनले पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको भुमिका प्रसंसनीय रहेको बताए। साथै, उनले ब्रोकरमार्फत मार्जिन ट्रेडिङलाई समेत अगाडी बढाउने बताए ।

https://www.youtube.com/watch?v=3Q0KCajww78&t=122s

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?