National life

ब्रोकर लाइसेन्स दिने बोर्डको तयारीसँगै नेप्सेमा छायो हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
1.7kShares
ब्रोकर लाइसेन्स दिने बोर्डको तयारीसँगै नेप्सेमा छायो हरियाली
ncell

काठमाडौं । आज साताको अन्तिम कारोबारका दिन बजार १२.७३ अंकले सुधार भएको छ । सूचकमा सुधार भए सँगै १८६९.७३ अंकमा रोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो कारोबार दिन ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको २० हजार ६५५ पटकको कारोबारमा ७३ करोड २६ लाख रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ ।  त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?