National life

भन्सार एजेन्ट प्रतिनिधिद्वारा आन्दोलनका कार्यक्रम घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ असार २०८०, शनिबार
684Shares
भन्सार एजेन्ट प्रतिनिधिद्वारा आन्दोलनका कार्यक्रम घोषणा
ncell

काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। नेपाल सरकारले आर्थिक ऐनमार्फत भन्सार ऐन संशोधन गर्दै आयात निर्यात कार्य व्यवसायीको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था लागु गरेसँगै भन्सार एजेन्ट प्रतिनिधि आन्दोलित भएका हुन्।

सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाएको विरोधमा देशैभरि रहेका ३०० भन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरूले असार १० गते आइतबारदेखि भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिने लगायतका चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

यस अघि अनुमतिप्राप्त भन्सार एजेन्टले बढीमा २ जनाको दरले भन्सार प्रतिनिधि राख्न पाउने व्यवस्था थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ऐन संशोधन भएसँगै अब प्रतिनिधि भन्ने पद नै नहुने भए पछि भन्सार प्रतिनिधिहरु आन्दोलित भएका हुन्।

“भन्सार एजेन्टका प्रतिनिधि हरुले पुनः काम गर्न पाउनु पर्छ र वर्षैदेखि काम गरी रहेका प्रतिनिधिहरूलाई भन्सार एजेन्टको ईजाजतपत्र तत्काल वितरण गर्नु पर्छ।” भन्सार एजेन्ट प्रतिनिधि संघ नेपाल संघर्ष समितिका संयोजक खड्ग बहादुर कार्कीले भने ।

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ “भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजत पत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ।” भन्ने व्यवस्थालाई संशोधन गरी सो को सट्टा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ“ भन्ने व्यवस्था गरेको छ।”

यस व्यवस्थाले देशै भरि रहेका ३०० भन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरुको रोजगारी गुम्ने संघर्ष समितिका संयोजक कार्कीले बताए। भन्सार विभाग र अर्थ मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण र ज्ञापन पत्र बुझाएपछि पनि कुनै पनि सुनुवाइ नभएकोले बाध्य भएर आन्दोलन गर्नु परेको र माग पूरा नभएसम्म आन्दोलन गर्ने कार्कीले जानकारी गराए।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?