National life

भन्सार प्रतिनिधी आन्दोलित, भन्सार विभागमा धर्ना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
496Shares
भन्सार प्रतिनिधी आन्दोलित, भन्सार विभागमा धर्ना
ncell

काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधिले भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका छन् । सरकारले आर्थिक ऐनमार्फत भन्सार ऐन संशोधन गर्दै आयात निर्यात कार्य व्यवसायीको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था लागु गरेसँगै भन्सार एजेन्ट प्रतिनिधि आन्दोलित भएका हुन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाएको विरोधमा देशैभरि रहेका ३०० भन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरूले आजदेखि भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएर चरणबद्ध रूपमा आन्दोलित भएका हुन् ।

यस अघि अनुमतिप्राप्त भन्सार एजेन्टले बढीमा २ जनाको दरले भन्सार प्रतिनिधि राख्न पाउने व्यवस्था थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ऐन संशोधन भएसँगै अब प्रतिनिधि भन्ने पद नै नहुने भए पछि भन्सार प्रतिनिधिहरु आन्दोलित भएका हुन्।

“भन्सार एजेन्टका प्रतिनिधि हरुले पुनः काम गर्न पाउनु पर्छ र वर्षैदेखि काम गरी रहेका प्रतिनिधिहरूलाई भन्सार एजेन्टको ईजाजतपत्र तत्काल वितरण गर्नु पर्छ।” भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालका उपाध्यक्ष प्रेम बानियाँले भने।

त्यस्तै, यस व्यवस्थाले देशै भरि रहेका ३०० भन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरुको रोजगारी गुम्ने संघर्ष समितिका संयोजक कार्कीले बताए।

No description available.

No description available.

No description available.

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?