National life

भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा सात दिनसम्म राष्ट्रिय शोकको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
1.3kShares
भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा सात दिनसम्म राष्ट्रिय शोकको घोषणा
ncell

काठमाडौँ । भारत सरकारले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

सोही अनुरूप आजका लागि तय भएका सम्पूर्ण सरकारी समारोह रद्द गरिएका छन्। पूर्व प्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो। भारतीय सरकारले उनको अन्तिम संस्कार शनिवार राजकीय सम्मानका साथ गरिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिंहको अन्त्येष्टिका दिन शनिवार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ । थुप्रै राज्य सरकारहरूले पनि सिंहको निधनमा शोक घोषणा गरेका छन्। केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।

कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ । मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?