National life

भूमि विधेयकको विरुद्धमा भदौ ९ देखि १५ गतेसम्म ब्यापक विरोध प्रदर्शन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ भदौ २०८२, शनिबार
1.1kShares
भूमि विधेयकको विरुद्धमा भदौ ९ देखि १५ गतेसम्म ब्यापक विरोध प्रदर्शन गर्ने
ncell

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकको विरुद्धमा आगामी भदौ ९ देखि १५ गतेसम्म देशका विभिन्न सहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले राष्ट्रियहीत विपरीत भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न विरोध प्रदर्शन गर्न लागेको बताइएको छ ।

भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई र मधेश मरुभूमिकरण हुने जसपा नेपालको ठहर रहेको छ ।

जसपा नेपालका महासचिव लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराईरमधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शनमा सहभागी भई सहयोग गर्नुहुन जनता समाजवादी पार्टी, नेपाल सम्पूर्ण आमजनसमुदायमा हार्दिक अपील गर्दछ ।’

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?