National life

भोली अत्यावश्यक नभए घरमै बस्नुस् ट्राफिक व्यवस्थापनमा सघाउ पुर्‍याउनुस :ट्राफिक प्रहरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
634Shares
भोली अत्यावश्यक नभए घरमै बस्नुस् ट्राफिक व्यवस्थापनमा सघाउ पुर्‍याउनुस :ट्राफिक प्रहरी
ncell

काठमाडौँ । चोली बिहान अर्थात् बिहीबारका दिन अत्यावश्यक काम बाहेक सवारी साधन सहित घरबाट ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि विभिन्न समूहद्वारा र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने निर्धारित कार्यक्रम भएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका भरी सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ ।

सडकमा निस्कनु पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भोलि व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको अभियान र एमाले निकटको युवा संघले काठमाडौँका दुई स्थान बल्खु र तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नुहुन अनुरोध गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?