National life

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार,तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० चैत २०८०, शनिबार
864Shares
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार,तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
ncell

काठमाडौं, १० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज ९शनिबार० उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

एमालेका सांसद राजकुमार लेखीले गृह, सञचार तथा कानुन मन्त्रालय, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, एमालेकै सांसद केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले पद तथा गोपनियताको शपथ गराईन् भने राज्यमन्त्री रायलाई मुख्यमन्त्री यादवले शपथ गराए ।

केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरको असर सबै प्रदेशमा परेको छ । केही दिनअघि मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । कांग्रेसका मन्त्रीहरु बर्खास्त गरेसँगै उनले आज एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?