National life

मन्त्री रिजालद्वारा आईसीपी र सेजको अनुगमन, जग्गा भाडा घटाउने आश्वाशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
732Shares
मन्त्री रिजालद्वारा आईसीपी र सेजको अनुगमन, जग्गा भाडा घटाउने आश्वाशन
ncell

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँसम्म बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हिजो (शनिबार) भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) को अनुगमका क्रममा मन्त्री रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले मन्त्री रिजाललाई सेजको स्थलगत् जानकारी गराएकी थिईन् ।

त्यस्तै भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन गर्दै मन्त्री रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुगमन तथा निरीक्षणमा मन्त्री रिजालसँगै उद्योग सचिव मुकुन्द निरौलाको पनि उपस्थिति रहेका थियो । एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री रिजाललाई आईसीपीको स्थलगत जानकारी गराए । मन्त्री रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केहि समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफू तयार रहेको बताए ।

देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्नसमेत आग्रह गरे ।

आईसीपी र सेजको अनुगमन पश्चात मन्त्री रिजालले भैरहवाका उद्योगी व्यवसायीहरुसँग भेटघाट गरेका थिए । मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने समेत स्पष्ट पारे ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?