National life

मर्जरपछि बीमा कम्पनीहरुलाई माईक्रो म्यानेजमेन्ट मिलाउन सकस,निग्रानी गर्दै प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असार २०८१, आइतबार
1.3kShares
मर्जरपछि बीमा कम्पनीहरुलाई माईक्रो म्यानेजमेन्ट मिलाउन सकस,निग्रानी गर्दै प्राधिकरण
ncell

काठमाडौं । मर्जरमा गएका बीमा कम्पनीलाई माईक्रो म्यानेजमेन्ट गर्न सकस भएको छ । उनिहरुलाई कर्मचारीहरुको तलब र तह समायोजन गर्न केही असहजता सिर्जना भएको हो।

मर्जर अघि एउटै तहका कर्मचारीहरुको तलब समान गर्ने नेपाल बीमा प्राधिकरणले पक्का गरे पनि केही कर्मचारीको हकमा भने त्यस्तो भएको छैन । प्राधिकरणले कर्मचारीहरुको खाईपाई आएको सुविधा नघट्ने भने पनि केही कर्मचारीहरुलाई अझै मर्का परेको देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनिहरुका अनुसार मर्जर अघि पद एउटै भए पनि फरक फरक कम्पनीमा काम गर्दा कर्मचारीहरुको तलब, भत्ता फरक थियो । त्यसरी एउटै पदमा रहेका वरिष्ठ कर्मचारीहरु बीमा कम्पनी मर्जरमा गए पनि उनीहरुको तलब भने अहिले पनि फरक नै देखिन्छ । उनिहरुले समान पदमा रहेका कुनै कर्मचारीको एउटा इन्स्योरेन्समा ९० हजार रुपियाँ थियो भने अर्को कम्पनीमा सोही पदका अर्का व्यक्तीको ९५ हजार रुपियाँ थियो । कम्पनीहरु मर्जरमा जादा ती कर्मचारीहरुको पनि मर्जरपछि भने तलब ९० र ९५ हजार रुपियाँ नै कायम भएको छ । मर्जरपछि सकेसम्म कर्मचारीहरुको तलब वृद्धि गर्ने बीमा प्राधिकरणको नितीले उनीहरुको तलब ९५ हजार वा १ लाख रुपियाँ हुनुपर्ने बुझिएको छ । यदि त्यस्तो नभए पनि दुवै कर्मचारीको तलब बराबरी ९५ हजार वा १ लाख हुनुपर्ने हो । तर, प्राधिकरणले उक्त तलब समायोजनका विषयमा भने बीमा कम्पनीका संचालकहरुसँग पोस्ट मर्जर छलफल चलाउन अझै बाँकी रहेको बताएको छ ।

यता मर्जरको समयमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाली रहेका सीईओको ठाउँमा नयाँ सीईओ आएमा त्यस्ता सीईओहरुलाई बीमा प्राधिकरणले बरिष्ठ डीसीईओको पद दिएको छ । बरिष्ठ डीसीईओहरुले हकमा भने उनीहरुले सीईओ हुँदा नै पाएको सेवा सुविधा कायम रहेको अवस्था छ । जसरी सीईओहरुको हकमा बीमा प्राधिकरणले कडा निती लिएर उनीहरुले खाईपाई आएको सुविधालाई मध्यनजर गरेर निर्णय गरेको छ अन्य सीईओ भन्दा पछाडी रहेका उच्च पदका कर्मचारीहरुको हकमा भने सेवा सुविधा मिल्न सकेको छैन ।

एक बीमा कम्पनीका उच्च कर्मचारीले आर्थिक भ्वाइसलाई दिएको जानकारी अनुसार बीमा क्षेत्रमा सीईओको हकमा प्राधिकरणले चालेको कदम प्रशंया योग्य भए पनि केही वर्ष भित्र सीईओ बन्ने तयारीमा रहेका उच्च कर्मचारीहरुमा भने निराशा छाएको अवस्था छ । ती कर्मचारीले आगामी दिनमा बीमा प्राधिकरणले सीर्ईओको जस्तै अन्य कर्मचारीहरुको हकमा पनि पोस्ट मर्जर छलफल चलाएर त्यस्ता समस्याहरु समाधान गर्न आवश्यक रहेको बताएका छन् ।

अहिले बीमा क्षेत्रमा मर्जर पछि बीमा कम्पनीको व्यावसाय वृद्धि, सीईको जागिर बचाउनेदेखि विभिन्न किसिमका समस्या देखिएको छ । यद्यपि बीमा कम्पनी र प्राधिकरण यसमा गम्भीर हुनुपर्ने देखिन्छ । अहिले बीमा क्षेत्रमा बुढी मरि भन्दा पनि काल पल्किएको चिन्ता हो भन्या जस्तो केही दुर्घटना भन्दा पद्धति समायोजनमा सामान्य समस्या देखीएको अवस्था हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?