National life

महानगरले न्यूरोडमा पार्किङ निषेध गरेपछि सटर बन्द गरेर सडकमा व्यवसायी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
521Shares
महानगरले न्यूरोडमा पार्किङ निषेध गरेपछि सटर बन्द गरेर सडकमा व्यवसायी 
ncell

काठमाडौं । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यवसायीले विरोध गरेका छन्।

आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका छन् ।

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन्।

Royal Enfield
nic asia capital
यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी दिइरहेको छ। यस क्रममा आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ।

साथै नयाँ सडक जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर ९साविक पुरानो बसपार्क० मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलले जानकारी दिएको छ। उक्त स्थानमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो।

सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ। पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि विशेष सरसफाइ गरिएको थियो।

अस्तव्यस्त बनेको न्यूरोडलाई तस्विरमा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?