National life

माघ महिनासम्ममा ५४ खर्ब बढी कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
810Shares
माघ महिनासम्ममा ५४ खर्ब बढी कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष ०८१/८२ को ७ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ८३ अर्ब ४६ करोड कर्जा विस्तार भएको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार माघ महिनासम्ममा ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा ७ महिनामा कर्जा ५.२७ प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लगानी ४.१ प्रतिशतले वृद्धि भएको थियो।

पहिलो ७ महिनामा १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।

निजी क्षेत्रतर्फ वाणिज्य बैंकहरुको कर्जा ५.९, विकास बैंकहरुको ३.१ र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको लगानीमध्ये चालु सम्पत्ति ९कृषि तथा गैरकृषिजन्य वस्तु० को सुरक्षणमा १४.४ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत ऋण दिइएको हो।

त्यस्तै, औद्योगिक उत्पादनतर्फ ९.५, निर्माणमा ९, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ६.७, सेवा उद्योगमा ७, उपभोग्यतर्फ ५.९ र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४।४ प्रतिशतले कर्जा बढेको छ।

त्यस्तै, आयात कर्जा ६९.५, हायर पर्चेज कर्जा ४.५, नगद प्रवाह कर्जा ३.७ र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
810SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?