काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो कारोबार असफल भएमा मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत रिपोर्ट गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
बैंकले दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यका साथ डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाइल बैंकिङ एप र वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको जनाएको हो ।
जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिने बैंकले जनाएको छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएको जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइने बैंकले जानकारी दिएको छ।
ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफैं फिर्ता गर्ने सुविधाको बिस्तार गरेको हो ।
































