National life

माबिलुङ इनर्जीको आइपीओमा मागभन्दा १६.९१ गुणा बढी आवेदन, आइपीओ पर्न भाग्यकै भर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
1.1kShares
माबिलुङ इनर्जीको आइपीओमा मागभन्दा १६.९१ गुणा बढी आवेदन, आइपीओ पर्न भाग्यकै भर
ncell

काठमाण्डौ । माबिलुङ इनर्जीले यहि साउन २६ गतेदेखि सर्वसाधारणका लागि जारी पूँजीको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमा आवेदनको ओइरो लागेको छ।

कम्पनीले जारी गरेको उक्त आईपीओमा हालसम्म १६.९१ गुणा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १८ लाख २६ हजार २९४ जनाले आवेदन दिएका छन्।कम्पनीको आइपीओमा २ अर्ब ११ करोड २५ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २५ हजार ७९० कित्ताका लागि आवेदन परेको छ ।

Royal Enfield
nic asia capital
जुन यो मागभन्दा १६ गुणा बढी आवेदन हो ।

कम्पनीले गत असार १ गते प्रति सेयर रू १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

त्यसमध्येमा जारीपूँजीको १० प्रतिशत अर्थात रु १०० अंकित दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रमा बसोवास गर्ने वासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका गत असार २२ गतेदेखि साउन ४ गतेसम्म जारी गरिएको थियो।

पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका लागि जारी गरिसकेपछि कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?