National life

मेट लाइफको लागि नयाँ बोनसदर सार्वजनिक, ७५ रुपैयाँ अधिकतम बोनस दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
1.2kShares
मेट लाइफको लागि नयाँ बोनसदर सार्वजनिक, ७५ रुपैयाँ अधिकतम बोनस दिने
ncell

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०र८१ सम्मको बीमाङ्‌कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखमा लागू हुने गरी बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी बीमा योजना ९थ्री पेमेन्ट प्लान० मा बीमितले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस ९प्रति हजारका दरले० पाउने भएका छन्।

यो योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै गरी कम्पनीले मेट लाइफले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।

त्यसैगरी अग्रीम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) बीमा योजनामा १ देखि १५ वर्षको बीमा अवधिलाई ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ५५ रुपैयाँ बोनस दिने भएको छ।

कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।

यी बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले बताएको छ।

साथै अर्को बीमाङ्‌कीय मूल्याङ्‌कन अनुसार नेपाल बीमा प्राधिकरणबाट नयाँ बोनसदर स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?