National life

मेरो माइक्रोफाइनान्सको १२ करोड ३८ लाख खुद नाफा आर्जन, ब्याज आम्दानीमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
647Shares
मेरो माइक्रोफाइनान्सको १२ करोड ३८ लाख खुद नाफा आर्जन, ब्याज आम्दानीमा वृद्धि
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा मेरो माइक्रोफाइनान्स लघुवित्तले वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा ८४६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानीमा समेत वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको चैत मसान्तसम्म ४६ करोड ९७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

३ अर्ब ३९ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको कम्पनीले १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ९.१० प्रतिशतबाट घटेर ७.६१ प्रतिशत पुगेको छ । कम्पनीले कर्मचारीका लागि ३५ करोड १८ लाख र १० करोड १७ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ८८ लाख रुपैयाँ छुट्टाएको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले  इम्पेयरमेन्ट चार्जका लागि १३ करोड ४९ लाख रुपैयाँ छुट्टाएको थियो ।कम्पनीको इम्पेयरमेन्ट चार्ज ७१.२४ प्रतिशतले घटेकाले कम्पनीको नाफामा उछाल आएको हो ।

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ३७ लाख रुपैयाँ र रिजर्भको आकार ६१ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो। कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै गरी कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.५१ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १५३.७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०१.४४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.३२ गुणा र तरलता अनुपात २.६९ प्रतिशत कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?