National life

मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ माघ २०८०, बुधबार
728Shares
मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल
ncell

यही माघ १ गतेदेखि काठमाडौँमा पुनः वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुद्ध भएको खानेपानी मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार साँझ अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो।

खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ।

गएको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारबाट मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका थिए।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाई अपिल गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?