काठमाडौँ। चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा नेपालमा ३० करोड बढीको मोबाइल फोन चार्जर भित्रिएको छ । उक्त अवधिमा भारत, चीन र क्यानडाबाट ३० करोड २९ लाख रुपैयाँ बराबरका मोबाइल, फोन, चार्जर नेपाल भित्र्याइएको छ ।
भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल, फोन, चार्जर आयात गरिएको छ। भारत, चीन, अस्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर ल्याइएको विभागको तथ्यांकमा उल्लेख छ ।
https://aarthikvoice.com/archives/66696
साथै, उक्त फोन चार्जर नेपाल ल्याउँदा सरकारले ९४ करोड ३९ लाख रुपैयाँ राजस्व स्वरूप आम्दानी गरेको छ। चीनबाट सबैभन्दा बढी मोबाइल फोन चार्जर भित्रिएको छ। उक्त देशबाट ३५ लाख ७० हजार थान चार्ज आएको छ । उक्त चार्जर खरिद गर्न २८ करोड १० लाख रुपैयाँ चीन पठाइएको छ । यसबाट सरकारले जम्मा ८ करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै, ११ महिनाको अवधिमा भारतबाट ३ लाख ७२ हजार ६९२ थान त्यस्ता फोन चार्ज नेपालमा आयात गरिएको छ। २ करोड १७ लाख लाख रुपैयाँ मूल्य उक्त चार्जरमा खर्चिएको छ भने भारतबाट आएका त्यस्ता फोन चार्जबाट सरकारले ८० लाख ९९ हजार राजश्व संकलन गरेको छ ।


































