National life

म्यादी जीवन बीमाका यस्ता छन् फाइदा, सन नेपाल लाइफबाट यसरी खरिद गर्न सकिन्छ बीमालेख

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
1KShares
म्यादी जीवन बीमाका यस्ता छन् फाइदा, सन नेपाल लाइफबाट यसरी खरिद गर्न सकिन्छ बीमालेख
ncell

काठमाडौं । विदेशमा काम गर्न जाने व्यक्तिहरूको जोखिम कम गर्ने उद्देश्यले नेपालका केही जीवन बीमा कम्पनीहरूले ‘वैदेशिक रोजगार (म्यादी) जीवन बीमा’ बीमा योजना ल्याएका छन् ।

वैदेशिक रोजगार ऐन, २०६४ ले जुनसुकै कारणबाट विदेशमा रहेको कामदारको मृत्यु वा अङ्गभङ्ग भएमा क्षतिपूर्ति पाउने गरी अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेसँगै नेपालमा यो बीमा प्रारम्भ भएको हो । यो बीमालेख जारी गर्ने विभिन्न कम्पनीहरूमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रणी कम्पनी मानिन्छ ।

बीमालेखका मुख्य विशेषताहरू

– दुर्घटनाबाट स्थायी अशक्त भएको अवस्थामा रु १० लाख सम्म पाउने

– ५ लाखसम्मको घातक रोगहरूमा उपचार खर्च

– २ लाखसम्मको बीमितको आम्दानीको नोक्सानी बापत खर्च

– १ लाखसम्मको किरिया तथा अन्य खर्च

– १ लाखसम्मको शव परिवहन खर्च

– १ लाख सम्मको औषधोपचार खर्च

यसरी खरिद गर्न सकिन्छ यो बीमालेख

यो बीमालेख खरिद गर्नको लागि वैदेशिक रोजगार विभागको वेबसाइटमा गई सम्बन्धित विवरणसहितको अनलाइन फर्म भर्नुपर्छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि इ–सेवा एपमा गई विभागबाट प्राप्त भएको युजरनेम र पासवर्ड राखी सरकारी पेमेन्टमा गई फरेन इम्प्लोइमेन्ट इन्स्योरेन्स फण्डमा क्लिक गरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई छान्नु पर्दछ । यो बीमालेख किन्नको लागि बीमितको उमेर समूह र बीमालेखको अवधिअनुसार न्यूनतम ३ हजार देखी अधिकतम ९ हजार रुपैयाँसम्म तोकिएको छ ।

वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुका फाइदा

– वैदेशिक रोजगारमा गएका नेपाली कामदारको आयको नोक्सानी लगायतका सुविधाहरूका अतिरिक्त मिर्गौला फेल, क्यान्सर जस्ता विभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुने

– वैदेशिक रोजगारको क्रममा दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने कामदारले आर्थिक सहायता पाउन सकिने

– रोजगारीको लागि भारत जाने नेपाली नागरिकहरूलाई समेत अन्य देश जाने नागरिकसरह घातक रोग, जीवन बीमा अन्तर्गत १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने

– वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपालमा गरेको स्वास्थ्य परीक्षण गन्तव्य मुलुकमा गई असफल भएको अवस्थामा फर्किएका नागरिकहरूलाई समेत सरल प्रक्रियाबाट क्षतिपूर्ति रकम फिर्ता गरिने

– विशेष अवस्थाका (जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेका) नागरिकहरूको बीमा नवीकरण शुल्क सरकारले व्यहोर्ने

– वैदेशिक रोजगारका क्रममा मृत्यु भएका नागरिकहरूको शव ल्याउन कम्तीमा ५ लाखदेखि ७ लाख रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गरिने

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?