National life

यस्ता छन् बजेटका लागि बीमकहरुले दिएको विशेष सुझावहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
631Shares
यस्ता छन् बजेटका लागि बीमकहरुले दिएको विशेष सुझावहरु
ncell

काठमाडौं । जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेलले जीवन बीमा कम्पनीहरुले सरकारसँग कर छुटको अपेक्षा गरेको बताएका छन् । सीईओ पौडेलले आर्थिक भ्वाईससँगको कुराकानीमा लाइफ इन्स्योरेन्स गर्ने लिमिट बढाउन अति आवश्यक रहेको बताएका हुन् ।

उनले लाइफ इन्स्योरेन्स गर्दा पाइने कर छुटको लिमिट एक लाख रुपैयाँ कायम हुनुपर्ने सुझाव दिए । हाल सो रकम ४० हजार रुपैयाँमा सिमित छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, बीमा क्षेत्रको डिभेन्चरमा लाग्ने एडभान्स ट्याक्समा पनि एक लेभलमा ल्याउँनु पर्ने बताए । उनले पब्लिकको पैसा भएकाले संस्थागत डिपोजिटमा असमान भन्दा पनि व्याजदरमा केही बढ्वा गर्नु पर्ने बताए । पौडेलले अन्तर्राष्ट्रिय स्तरमा पनि संस्थागत रुपमा जम्मा हुने रकमको छुट्टै व्यवस्था हुने गरेको स्मरण गराए ।

यता, नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले पनि बजेटबाट निर्जीवन बीमा क्षेत्रले केही महत्वपूर्ण अपेक्षा राखेको बताएका छन् । उनले कोरोना बीमालाई बजेटले ल्याएको र बाँकी रहेको ११ अर्ब रुपैयाँ रकम निकसा गर्नु पर्ने बताए ।

कृषि प्रधान देशमा कृषिमा मनोबल बढाउन कृषि बीमाको अनुदान रकम रोक्ने भन्दा पनि त्यस्तो क्लेम सेटलमेन्टको केहीका लागि बजेटले सम्बोधन गर्नु पर्ने बताए । क्षेत्रीले राजनैतीक हिसाबले भन्दा पनि अनुदान रकम बजेटको आधार हेरेर ४०, ५० गर्ने र बरु समयमा दिनु पर्ने अपेक्षा व्यक्त गरेका छन् ।

उनले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुकै बिचमा पनि जीवन बीमा भन्दा आफूहरुले पाँच प्रतिशत कम कर्पोरेट ट्याक्सको सुविधा पाएको र त्यसमा परिमार्जन हुनपर्ने बताएका छन् । निर्जीवनमा त्यस्तो रकम २५ र जीवनमा ३० रहेको छ । यद्यपी निर्जीवन बीमा कम्पनीहरुले मोटो रकमको कर सरकारलाई बुझाउँदै आएको र यो बुँदामा सरकारले लचिलो नीति लिनुपर्ने जोडदार माग गरेका छन् ।

त्यस्तै, घरबहाल कर आफ्नो खर्चमा समायोजन हुने तर प्रदेशगत रुपमा भने समायोजनमा झन्झट देखिएकाले केन्द्र प्रदेशमा रहेको दोहोरो ट्क्सेसनको झन्झट बजेटले क्लियर गर्नु पर्ने उनको माग छ । त्यसरी नै मर्जरमा गएका बीमा कम्पनीहरुलाई तिरीसकेको करमा मर्जरपछिको नयाँ नाममा कारण कर रकमका दबाब सिर्जना भएको बताए । मालपोतले नै मर्जर अघि तिरेको कर मर्जरपछिको एउटै कम्पनीले दोहोराएर तिर्नु पर्ने बाध्यता हटाउनु पर्ने बताए ।

त्यसको साथ-साथै बमिाको दायरा बढाउनको लागि राम्रो नीति ल्याउँदा स्वास्थ्य बीमा, सम्पत्ती बीमा, घर बीमामा आकर्षण बढ्ने बताए । उनले कर छुटको नीति ल्याउँदा राजस्व संकलन बढ्नेदेखि नागरिकले पाउँने राहत पाउँनसम्म सहजिकरण हुने बताए ।

विद्यालय स्तरमा समेत अभिभावकसँग लिने मेडिकलशुल्कलाई बीमामा जोडने नीति ल्याएमा थोरै तिरेर विद्यार्थीले धेरै लाभ पाउँने सुझाव दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?